पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खना पकाउने ग्यासको घट्यो

ehulaki
ई-हुलाकी संवाददाता | साउन २१, २०७६ मंगलबार | 0

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा  डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो  । खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाईएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकरी दिए ।

मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०९, डिजेल  र मट्टितेलको मूल्य ९७ कायम भएको छ  । मुल्य घटेपछि ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय