एनएमबी लघुवित्तले देशभर १२३ कार्यालय पु-याउने

ehulaki
ई-हुलाकी | साउन २२, २०७६ बुधबार | 0

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व. २०७५÷०७६ को समीक्षा बैठक कोहलपुर बाँकेमा सम्पन्न भएको छ । प्रदेश नं. ५ को कोहलपुरमा सञ्चालित सो समीक्षा बैठकमा प्रदेश नं. ५, ६ र ७ प्रदेशका २३ शाखाका शाखा प्रबन्धक सहभागी भएका थिए । कार्यक्रममा केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल, कर्जा जोखिम तथा असुली विभाग प्रमुख श्री प्रेम प्रसाद सुवेदी र कामु वरिष्ठ अधिकृत चन्दन कुमार सरदारको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मुरली प्रसाद लम्सालले  अबको लघुवित्त कार्यक्रम प्रविधिमैत्री हुनु पर्ने बताउनुभएको छ । उहाँले अबको आर्थिक क्रान्तिमा लघुवित्तकोे महत्वपूर्ण भूमिका रहने बताउनुभएको हो । कर्जा जोखिम तथा असुली विभाग प्रमुख श्री प्रेम सुबेदीले लघुवित्तले सबै भन्दा गरिब तथा सर्वहारा बर्गमा सेवा पुर्याई आर्थिक समृद्धि ल्याउन सकिने बताउनुभयो । 

राष्ट्रिय स्थतरको कार्यक्षेत्र भएको सो संस्थाको १०० वटा शाखा कार्यालय रहेको र यो आ.व.मा २३ वटा कार्यालय थप गरी १२३ कार्यालय पु¥याउने लक्ष्य लिइएको छ । कार्यक्रमको सहजिकरण प्रदेश ७ का अनुगमन अधिकृत मधु कुँवर र प्रदेश ५ का अनुगमन अधिकृत लंक बहादुर बमले सञ्चालन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय