होटेल सोल्टी क्राउन प्लाजामा सिटिजन लिडर्स नाइट कार्यक्रम

ehulaki
ई-हुलाकी | साउन २२, २०७६ बुधबार | 0

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरूलाई विभिन्न विधाहरूमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे तथा कम्पनीका ब्रान्ड एम्बमस्डरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरू उपस्थित थिए ।

कार्यक्रममा कम्पनीका चारजना उदयीमान शाखा प्रमुखहरू, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरू, सात उत्कृष्ट शाखा प्रमुखहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरू, उत्कृष्ट युनिट मेनेजरहरू तथा उत्कृष्ट एजेन्टहरूका साथै कम्पनीका विभिन्न क्लबहरूका सदस्यहरूलाई पुरस्कृत गरिएको छ । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाँलले आगामी दिनहरूका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजनाबारे पनि जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय