बाग्लुंगको काठेखोलामा सिटिजन्स बैंकको सेवा विस्तार

ehulaki
ई-हुलाकी | साउन २२, २०७६ बुधबार | 0

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुंगको काठेखोलामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । देशका दुर्गमस्थलमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले बाग्लुंङ जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको हो ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र १ सय वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय