३० वर्षअघि जुन छनोटकर्ताले सचिनलाई टिममा छानेका थिए उनैले आज छोरालाई पनि छाने

ehulaki
ई-हुलाकी संवाददाता | साउन २३, २०७६ बिहिबार | 0

काठमाडौं। क्रिकेट इतिहासमा एउटा अद्भूत संयोग भएको छ । ३० वर्ष पहिले जुन छनोटकर्ताले १५ वर्षका सचिन तेन्दुलकरलाई मुम्बइ रणजी टिमको लागि छानेका थिए उनै चयनकर्ताले अहिले आगामी विज्जी ट्रफीको लागि मुम्बइको टिममा सचिनका छोरा अर्जुन तेन्दुलकरलाई छानेका छन् । विज्जी ट्रफी बीसीसीआइको अण्डर २३ प्रतियोगिता हो ।

मुम्बइका पूर्वकप्तान र अहिलेका मुख्य चयनकर्ता मिलिंद रेगेले पहिले सचिन तेन्दुलकर र अहिले अर्जुन तेन्दुलकरको छनोट गरे । यो अद्भूत संयोगपछि इण्डिया टुडेसँग कुरा गर्दै उनले भने ‘मलाई थाहा छैन कुनै यस्तो चयनकर्ता पहिले थिए वा थिएनन् जसले पिता र छोरा दुवैलाई छानेको होस् । केवल यो संयोग हो कि दुवैको उपनाम तेन्दुलकर हो ।’

न् १९८८ मा जुनियर क्रिकेटमा कैयौं रेकर्ड इनिङ खेल्ने सचिनको चयनमा मुम्बइका मुख्य चयनकर्ता नरेन तम्हाणेको यो निर्णयमा निकै बबाल भएको थियो । प्रश्न उठेका थिए कि यदि १५ वर्षको यो खेलाडीलाई छानियो र उसले प्रदर्शन गर्न सकेन भने उसको आत्मविश्वास टुट्नेछ । यसका बावजुद छनोटकर्ताहरुले साहसिक निर्णय गर्दै १५ वर्षका सचिनलाई गुजरातविरुद्धको खेलमा खेलाए । सचिनले पनि यो मौकाको भरपुर उपयोग गर्दै पहिलो खेलमै शतक हानेर आफ्नो भविष्यको संकेत दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय