भारत र पाकिस्तानका कारण सार्कको भविष्य अन्धकार

ehulaki
ई-हुलाकी संवाददाता | साउन २३, २०७६ बिहिबार | 0

काठमाडौँ ।  दक्षिण एशियाली देशहरूका बिचमा क्षेत्रीय सहयोग बढाउँदै क्षेत्रीय विकासका लागि आपसी सहयोग विस्तार गर्दै जाने लक्ष्य लिएको सार्कको सन् १९८५ मा स्थापना भएको थियो । सार्कको सचिवालय नेपालमा छ । भारत र पाकिस्तानका कारण शिखर सम्मेलन अन्यौलमा परिहेको बेला पछिल्लो जम्मु कास्मिर विवादले सार्कको भविष्य नै अन्धकार भएको छ ।

भारतीय विदेश मन्त्रालयले जम्मु कास्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ भने पाकिस्तानी प्रधानमन्त्रीले अझ अगाडि वढेर यस्तो विवादले भारत र पाकिस्तानका बीच पुनः अर्को युद्ध हुने सक्ने र सो युद्धमा आणविक हतियार समेत प्रयोग हुने सक्ने धम्की दिएपछि घटनाले नयाँ मोड लिएको छ । जम्मु कास्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार भारतले खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताएको छ ।

पाकिस्तानले बुधबार भारतसँगको कूटनीतिक दर्जा घटाएको थियो भने भारतीय दूतलाई फिर्ता गर्ने तथा दुबै देशबीचको व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेको थियो । कास्मिरको विषयलाई लिएर दुई पटक युद्ध भइसकेको छ । भारत र पाकिस्तानका बिच कश्मीर तथा अन्य विषयमा पटक पटक भइरहेको विवादका कारण सार्क शिखर सम्मेलन गर्न नसकिरहेको थियो ।  अहिले यो पछिल्लो जम्मु कास्मिर तीब्र विवादले सार्कलाई अझ सङ्कटमा पारेको छ ।

हाल सम्म सार्कको १८ पटक शीर्ष सम्मेलन भैसकेको छ । नभेम्बर २०१४ मा काठमाडौंमा भएको शीर्ष सम्मेलन सहित नेपालमा ३ पटक यसको सम्मेलन भएको छ । अहिले सार्कको अध्यक्ष देश पनि नेपाल हो । यसको १९ औं शीर्ष सम्मेलन पाकिस्तानमा गर्ने तय भएको थियो । तर भारतको विरोधका कारण रोकीरहेको थियो । अब पाकिस्तानमा नभए कहाँ गर्ने भन्ने पनि टुङ्गो लागेको छैन । पाकिस्तानलाई छुट्याएर भारतले सार्कको विकल्पमा बिमस्टेक सङ्गठनलाई सक्रिय बनाउन खोजेको देखिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय