बिदाइ सिरिजमा गेलले बनाउन सक्छन् यस्तो रेकर्ड

ehulaki
ई-हुलाकी संवाददाता | साउन २४, २०७६ शुक्रबार | 0

काठमाडौं। बिहिबारबाट भारत र वेस्ट इण्डिजबीच एक दिवसीय सिरिज सुरु भएको छ । यस सिरिजपछि इण्डिजका विस्फोटक ब्याटस्म्यान क्रिस गेलले वान डे क्रिकेटबाट संन्यास लिनेछन्। भारत र इण्डिजबीच बिहिबारबाट ३ खेलको वान डे सिरिज सुरू भएको छ ।

उमेरले ३९ वर्ष भएपनि गेलको ब्याटमा अझै उस्तै शक्ति यथावत छ। उनी आफ्नो ब्याटले दुनियाँको जुन कुनै बलरलाई अफ्ठ्यारोमा पार्न सक्छन्। त्यसैले पनि उनका प्रशंसकहरू अन्तिम अन्तराष्ट्रिय वान डे सिरिजमा गेलले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिरहेका छन्। सन् २०१९ मा उनले हालसम्म २ शतक प्रहार गरिसकेका छन्। यस्तोमा यस सिरिजमा उनले शतकिय पारी खेले, उनले एउटा कीर्तिमान रचना गर्नेछन्।

वान डे क्रिकेटमा सबैभन्दा पाको उमेरमा शतक लगाउने कीर्तिमान युएईका खुर्रम खानको नाममा छ। उनले ४३ वर्ष १६२ दिनमा अफगानिस्तान विरूद्ध शतक प्रहार गरेका थिए। तर युएईले टेस्ट खेल्दैन। टेस्ट खेल्ने राष्ट्रहरूको कुरा गर्दा पाको उमेरमा शतक बनाउने रेकर्ड श्रीलंकाका सनथ जयसूर्याको नाममा छ। उनले भारतविरूद्ध ३९ वर्ष २१२ दिनको उमेरमा शतक प्रहार गरेका थिए। 

हाल क्रिसको उमेर ३९ वर्ष र ३०० दिनभन्दा बढि छ। यस्तो उनले भारतविरूद्धको खेलमा शतक लगाएमा जयसूर्याको कीर्तिमान भंग गर्नेछन्। वर्तमान अवस्थामा पनि गेल जयसूर्या र खुर्रमपछि तेश्रो नम्बरमा छन्। गेलले वान डे क्रिकेटमा हालसम्म कुल २५ शतक प्रहार गरेका छन्।

दक्षिण अफ्रिकाका एबी डिलिवियर्स र श्रीलंकाका कुमार संगकाराले पनि यति नै शतक प्रहार गरेका छन्। गेलसँग थप शतक लगाएर यी दुबै खेलाडीभन्दा अगाडि निस्कने मौका छ। त्यस्तै दुई शतक लगाएमा उनले रोहित शर्मा र हाशिम अमलासँग बराबरी गर्नेछन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय