कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी !

ehulaki
----------------- | साउन २५, २०७६ शनिबार | 0

काठमाडौँ: राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् काठमाडौँ राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।


सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरू छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरूको खबर नपाउँदा यहाँ रहेकाहरूबीच चिन्ता छ । नयाँबजारमा छालाको व्यापार गर्दै आएका कश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए ।

संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषाधिकार प्राप्त राज्य कश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खारेज गरिदिएको थियो । अहिले उनीहरूको अत्तोपत्तो छैन । खान परिवार कश्मीरमा असुरक्षित महसुस भएर ३० वर्षदेखि नेपालमा बस्दै आएका थिए ।। सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।


सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरू छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरूको खबर नपाउँदा यहाँ रहेकाहरूबीच चिन्ता छ । नयाँबजारमा छालाको व्यापार गर्दै आएका कश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए ।

संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषाधिकार प्राप्त राज्य कश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खारेज गरिदिएको थियो । अहिले उनीहरूको अत्तोपत्तो छैन । खान परिवार कश्मीरमा असुरक्षित महसुस भएर ३० वर्षदेखि नेपालमा बस्दै आएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय