अव पैसा यसरी पो कमाउने कि ?

ehulaki
निश्चल शर्मा | साउन २५, २०७६ शनिबार | 0

आर्थिक क्रान्ति पर्खिरहेको नेपालमा उद्यमी  बन्न खोज्ने  युवाहरूलाई लक्षित गरेर यो प्रकारको छलफल चलाउन जरुरी देखिएको छ। हामिले यहाँ थोरै लगानीमा व्यवसायी बन्न सघाउने विषय माथि छलफल चलाउने छौ ।

सवारी मर्मतको सेवा

मानौ तपाईँ चढेको गाडी हाइवेमै बिग्रियो अब के गर्ने ? तपाईंले नजिकको ग्यारेजमा सम्पर्क गर्ने प्रयत्न गर्नु हुन्छ बल्ल तल्ल भेटिन्छ तर उसले बनाउन जान्दैन वा उ सङ तपाईँको समस्या समाधान गर्ने क्षमता हुदैन । उसले कसैलाई बोलाई दिन्छ । मानौ तपाईंको गाडी मुग्लिङ आसपास बिग्रियो अब तपाइले टेक्निसियन नारायण गढ देखि बोलाउनु पर्यो । उ पुगे पछि उसले भन्छ तपाइको गाडी तानेर  नारायणगढ लैजानु पर्छ त्यहाँ नपुगी बन्दैन । अब तपाइलाई आयो अर्को झन्झट ।

गाडी ग्यारेजमा पुर्‍याउनु त भयो यदि तपाईँको गाडी मा फेर्नु पर्ने सामान त्यहाँ भेटिएन भने काठमाडौँ देखि मगाउनु पर्छ । जसको लागि पहिले काठमाडौंमा पैसा तिरिदिने मानिस चाहियो वा तपाईं आफै आएर बुझाउनु पर्यो । कतिपय ब्रान्डको गाडीको सामान्य सामान पनि भारत बाट मगाउनु पर्ने हुन सक्छ । यी सबै दुःख भोगेर तपाईँको गाडी बन्न अब ३ दिन देखि एक हप्ता सम्म लाग्न सक्छ । रातिमा बिग्रियो भने त गाडीलाई साइड लगाएर राख्ने पनि तपाईंले महाभारत भोग्नु पर्ने हुन सक्छ । बाटो बिस्तार र मर्मत भैरहेको यो समयमा तपाईंले यस्ता धेरै कथाहरू सुन्न सक्नु हुनेछ ।

एउटा यस्तो वन स्टप सोलुसन जसले यी सबैको झन्झट बोकिदिन्छ । अर्थात गाडी तान्ने देखि बनाउने र पाटपुर्जा पुर्‍याइदिने सम्मको नेटवर्क । राम्रो सर्भिस प्लस मीठो सर्भिस चार्ज । गर्ने हो त यो व्यवसाय ? लगानी पनि धेरै चाहिदैन तपाईंले सर्भिस दिएरमात्र पनि कमाउन सक्नुहुन्छ । हाइवे देखि स्थानीय स्तरमा समेत तपाईंले सेवा दिन सक्नुहुनेछ ।

तुरुन्तै पकाउन मिल्ने तरकारी

हामी दिन प्रतिदिन अल्छी हुँदै गइरहेका छौ भने अर्को तिर हामीसँग समय पनि कहाँ छ र रु बच्चालाई खुवाउनु स्कुल पुर्‍याउनु आफ्नो अफिस वा व्यवसायमा जानू अनि हतार हतार घर फर्कनु । जे  भेटिन्छ त्यही किन्नु अनि हतार हतार काटकुट पारेर पकाउनु । अझ एकै पटक दुई छाक पुग्ने गरि पकाउनु शहरको कल्चर जस्तै भैसक्यो ।

राम्रो सङ साइज मिलाएर काटिएका तरकारी , जति चाहिन्छ त्यति परिणाममा अनि आफूलाई चाहिएको समय र किसिममा जसलाई विश्वासका साथ सिधै पकाउन सकिन्छ । न खेर जाने , नत फ्रिज भरी खादेर राख्नु पर्ने न त एउटै चिज दिनहुँ खानु पर्ने । न त किन्नलाई दिन दिनै तरकारी बजार धाउनु पर्ने । यस्तो भए कति राम्रो हुन्थ्यो होला है । यहि काम चाहिँ तपाईंले नै गरे अझै राम्रो पो हुन्थ्यो कि ?  यसलाई घर देखि क्यान्टिन हुँदै होटल रेस्टुरेन्ट सम्म फैलाउन सकिन्छ ।

हामी नियमित रुपमा यो छलफललाई जारी राख्ने छौ । मनपरे प्रतिक्रिया दिनुहोला वा आफ्ना सुझाब राख्नु होला । बाकी संभावनाको बारेमा हामी अर्को खण्डमा छलफल गर्ने छौ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय