ehulaki
ई-हुलाकी | साउन २५, २०७६ शनिबार | 0

मनभित्रको पिडाआफै धोइ'राछन् बालकहरु ।

आँशुझार्दै आँखाबाट रोइ'राछन् बालकहरु ।।

 

विधुवा भइन् आमा अनि घरबार विहीनपनि,

बाबुविना वेशाहारा भइ'राछन् बालकहरु ।।

 

गासबास कपासको जोहोगर्न गाह्रोपर्दा,

घरछोडी सडकतिर धाइ'राछन् बालकहरु ।।

 

पिडा कसले बुझिदिनु अनाथ यी टुहुराको,

फुटपातमा यत्रतत्र छाइ'राछन् बालकहरु ।।

 

भोकोपेट धाँउदै धाउँदै पेटी अनि गल्लीहरु,

                                      अधिकारको गितमात्रै गा'इराछन् बालकहरु ।।

                                        - सुरेन्द्र शाही "गुलाब कान्छाे", काठमाण्डाैँ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय