होशियार : मोडिदैछ बहस

ehulaki
नरेन्द्रजंग पिटर | साउन २५, २०७६ शनिबार | 0

विडम्बना भएको छ
दलाल लाल भो !
लाल पनि दलाल भो, 
देशमै बबाल भो !! 

                      नारायण शर्मा                                                                                                                                                   

हरेक दिनका सरकारी निर्णयले प्रतिगमनकारी र प्रतिक्रियावादी बुरूक्कबुरूक्क उफ्रिरहेका छन् । सरकारी नेकपाले कम्युनिष्ट शब्दलाई नै भ्रष्टीकरण गर्यो । जनयुद्ध र जनआन्दोलनको हुर्मत काढ्यो । ‘कम्युनिष्ट’ सरकार र पार्टीले बुर्जुवा लोकतन्त्रवादीको आचरण र आदर्श थेग्न नसकेकाले ट्रेडमार्किया मात्रै रहन पुग्यो । माथिबाट फैलिँदै तलसम्म झाङ्गिएको भ्रष्टाचारी तन्त्रका कारण यसलाई केल्प्टोक्रेसी (भ्रष्टहरूको नियन्त्रण र सञ्चालित) सरकार भन्न सकिन्छ । 

प्रतिपक्ष मतियार बन्यो । वैधानिक भ्रष्टाचार गर्न कानुनी हतियार मन्त्रीपरिषदको निर्णयलाई अदालत र अख्तियारको दायरामा नपर्ने विधेयक त्यसैको नजिर हो । एकाध व्यक्तिले आत्महत्या गरेपनि महाभ्रष्टाचारी मयलपोसमा सजिँदै अझै माननीय बनिँदै छन् । भ्रष्टाचार व्यक्तिमा मात्रै सीमित रहेन, सिण्डिकेटमै रहे । जुनसुकै बेलाको प्रतिपक्षले पनि यसका साक्षी किनारामा रहेर सदर गरे । लोभ र डरले वा ह्वीपले बाँधिएर ‘सार्वभौम’ सांसदहरुले विवेक प्रयोगथलो नबनाँउदा संसद माक्र्सले भनेजस्तै खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उक्ति सावित गर्दै गयो । अझ सांसद कोषको करोडौँ रुपैयाँमा पूरै सदन एकमत । संगठित अपराधका ठूला घटनामा प्रतिपक्ष मौन । त्यस्तै गतिविधिका कारणले परिवर्तनप्रतिको जनमतको उदासीनताले जनयुद्ध र जनआन्दोलनको हुर्मत काढ्दै प्रतिगमनकारी र प्रतिक्रियावादी सल्बलाएका हुन् । सत्ताको बालुवाटारले कसरी मिहीन ब्यबस्थापन गरिरहेका छ ? कसरी केन्द्रीकरण भइरहेको छ भन्ने कुरा सरकारी नेकपाकै जुझारु सांसद रामकुमारी झाँक्रीः बालुवाटारबाट सबै कर्मचारीको ‘माइक्रो म्यानेजमेन्ट’ हुन्छ । ‘फस्टक्लास अफिसर’ उतैबाट सारिन्छ । मन्त्रीको सल्लाहबिना सचिवहरु हेरफेर गरिन्छ । राजनीतिक नियुक्ति पनि उतैबाट हुन्छ भनेर स्पष्ट पारिन् ।

विप्लवीसँग आतंकित वर्चश्वशाली वर्ग उनैलाई गिज्याउन थाले । जनयुद्ध देखेको र सामना गरेको भन्ने सरकारी प्रवक्ता गोकुल बास्कोटाको प्रसड्ग विप्लव समूह भएपनि पार्टी एकीकरण भएको जनयुद्ध पक्षधरप्रति नै संकेत हो । त्यो ‘हेप्ने लायकका हेपिनैपर्छ’ भन्ने मनोविज्ञान अस्त्र प्रयोग गर्दै एकीकरणमा समाहित जनयुद्धेहरुलाई ह्युमिलेसन पार्ने बयलगाडे खेल थियो । अंशमा टेकेर समग्रमा आक्रमण गर्ने खेलपछाडि फेर्न गएकाहरु नै फेरिएपछि बहसलाई अन्यन्त्र मोडन त्यस्तो सहज भएको हो ।

नियत बुभ्mने एउटै कसी परिणाम हो । शब्दका अर्थ, महत्व र सन्देश ब्यबहारमा देखिन्छन् । राजतन्त्र, लोकतन्त्र र गणतन्त्र राजनीतिक शब्दमात्रै हैनन् शासनपद्धति, शासकीय आदर्श र राजनीतिक संस्कृति पनि हुन् । सत्ताचरित्र मन्त्रिपरिषद, त्यसका कमाण्डर प्रधानमन्त्री, न्यायालय, सेना र वर्चश्वशाली समूहका राजकीय ब्यबहारमा देखिन्छ । सत्ता जहिले पनि यथास्थिति बचाउन चाहन्छ तर समाज भने अग्रगमनतिर लम्कन चाहन्छ । तब समाज र सत्ताबीच टसल बढ्छन् । तब विद्रोही सोच, समूह देखा पर्छन् । बिद्रोह र सत्ताबीच टसल एउटा बिन्दुमा पुगेपछि या त एकले अर्कालाई ध्वस्त गर्छन् नसके सहमति र सम्झौता हुने गर्छ । सहमति वा सम्झौताका बीचमा एकले अर्कालाई पचाउने कि ! एकअर्कामा विलिन हुने ! वा रुपान्तरण हुुने ! अहँ,ं प्रश्न हो ।   

जब परिवर्तनका राप र ताप सेलाउँदै गए्, जनयुद्धको अण्डर करेन्ट सुषुप्त हुँदै गयो । निजी र पूँजीमा फसेका पहिलाका आदर्श बाहकहरु नै भ्रष्टताको चुच्चे पगरी गुथ्न थाले । आप्mनै इतिहासले उनलाई नपोले पनि विद्रोहको सौन्दर्य र बहस अन्यन्त्र मोड्ने कोशिस भए । दुलाभित्र पसेका हरेउ फेरी पmन उठाएर बहादुरीताका फ्वाँ गर्न थाले । यो इतिहासको विभत्स काल हो । विप्लवीसँग आतंकित वर्चश्वशाली वर्ग उनैलाई गिज्याउन थाले । जनयुद्ध देखेको र सामना गरेको भन्ने सरकारी प्रवक्ता गोकुल बास्कोटाको प्रसड्ग विप्लव समूह भएपनि पार्टी एकीकरण भएको जनयुद्ध पक्षधरप्रति नै संकेत हो । त्यो ‘हेप्ने लायकका हेपिनैपर्छ’ भन्ने मनोविज्ञान अस्त्र प्रयोग गर्दै एकीकरणमा समाहित जनयुद्धेहरुलाई ह्युमिलेसन पार्ने बयलगाडे खेल थियो । अंशमा टेकेर समग्रमा आक्रमण गर्ने खेलपछाडि फेर्न गएकाहरु नै फेरिएपछि बहसलाई अन्यन्त्र मोडन त्यस्तो सहज भएको हो ।

ब्यक्ति भ्रष्ट हुँदा नीति, नियम, कानुन मात्रै हुँदैन, समाजको नैतिक दवाव पनि हुन्छ । जब नीतिनियम नै बनाएर संस्थागत भ्रष्टाचार हुन्छन् र पार्टी नै त्यसको मतियार हुन्छ भने त्यो देशको भयावह अवस्था हो । जब सिण्डकेट भ्रष्टाचारको मौन साक्षी पार्टी हुन्छन्, कार्यकर्ता दिमागले भन्दा भ्रष्ट जोगाउने खेलमा दास बन्छन् । एउटा भ्रष्टको विरोध गरे आफैँ नाङ्गिएला भन्ने अवस्था अर्का भ्रष्टलाई आउँछ तब परिवर्तनका वाहकमाथि नै उनका विगतका आदर्श नाटक थियो भन्ने हुन्छ । इतिहासले त्यसको मूल्य तिर्नपर्छ । तब त्यो बेला नयाँ अवस्थाको आवश्यक भयो है भन्ने सडकले माग गरिसकेको हुन्छ । भ्रष्ट पेरूभियन र दक्षिण कोरियायी पूर्व राष्ट्रपतिले गरेका आत्महत्या सम्झन लायक हुन्छन् ।

जब सरकारप्रति, न्यायालयप्रति, नेताप्रति, पुलिस प्रशासनप्रति, मिडियाप्रति विश्वास हराँउदै जान्छ तब त्यहाँ केही न केही हुँदैछ भन्ने पूर्वसंकेत हो । शक्तिले मदहोस भइरहेको सत्ताधारी भने बुझ्दैनन् । त्यस्तो बेला भ्रष्टतन्त्र सत्ताले गरेको अपराध देशले, समाजले र युगले नै भर्ताल गर्नुपर्छ । भ्रष्टतन्त्र लालसलाम, जयनेपाल वा अरू कुनै पनि अनुहारमा देखा पर्न सक्छ । अरूले गरेका अपराधको दण्ड पनि कहिलेकहीँ अरुले भोग्नुपर्छ । 

त्यस्तो बेला भ्रष्टतन्त्र सत्ताले गरेको अपराध देशले, समाजले र युगले नै भर्ताल गर्नुपर्छ । भ्रष्टतन्त्र लालसलाम, जयनेपाल वा अरू कुनै पनि अनुहारमा देखा पर्न सक्छ । अरूले गरेका अपराधको दण्ड पनि कहिलेकहीँ अरुले भोग्नुपर्छ । 

भ्रष्टतन्त्रले सुरक्षाका लागि सिण्डिकेट राजनीति गर्ने हुँदा आप्mना अदृश्य गतिविधिको दुष्कर्म र अपराध जनताको ‘मुर्खता’ र मौनताले पत्तै पाउँदैनन्  भन्ने हुन्छ । कार्यकर्ताको चाकडी र दुईतिहाइको दम्भले भ्रमको पर्दाले आँखा ढाकेको हुन्छ ।  कार्यकर्ताको चाकडी र दुईतिहाई र नाङ्गो यथार्थको दम्भले  दुष्कर्म र अपराधको कहिले पनि हिसाब हुन्न भन्ने सोच हुन्छ । शक्तिको मायाजालमा फसेपछि इतिहासबाट सिक्दैनन्  ।

‘र’ प्रमुख नेपाल आउनु, केही नेताले खुलेर, केहीले लुकेर उनको दर्शन गर्नु, जम्मु कश्मिरमा नयाँ घटना घट्नु, यसपछि विदेशमन्त्री र प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यक्रम बन्नु, विभिन्न आवरणका ज्यक्तिले क्रमशः पूर्वराजाको भेट गर्न थाल्नु, बहुदलवादी नेताहरू विशेष गरी सत्तारुढ दलभित्र रोइलो सुरु हुनु, के यी सबै परिघटनाहरु संयोग मात्र हुन् त ? मेरो अन्तरात्माले भन्छ– पर्र्दािभत्र केही न केही खिचडी पाक्दै छ । गणतन्त्र शासकहरुको राज्य र चाकडीहरुको चौतारी बन्न पुगेकाले प्रायोजित अन्तर्विरोधले स्वभाविक अन्तर्विरोधलाई किनारा नलगाउञ्जेल समस्याको निकास हुँदैन । 

बहसलाई अन्यन्त्र मोड्न सरकार र पार्टीलाई विषय चाहिएको छ, अब ऊ जनयुद्धको विभत्सीकरण गर्न नेपाली मिडिया वा वर्चश्वशाली समूहका बहसमा ब्यक्तिका कमिकमजोरी वा अपराधलाई उरालेर धर्मनिरपेक्षता, राजतन्त्र र हेगको ब्यस्थित एजेण्डा सेटिङ भइरहेका छन् । यो समय भनेको आलोचनात्मक चेतसहित चनाखो रहनेको हो । इतिहासमा भएका भूललाई  कसरी सुधार्ने हो ? परिवर्तनको जगमा टेकेर कसरी नयाँ अवस्थाको लागि तयार हुनेको हो ?
 

नरेन्द्रजंग पिटर

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय