नेकपामा चर्कियो विवाद : प्रचण्ड विरुद्ध उत्रेका थापालाई जिम्मेवारीबाट आउट गर्न माग

ehulaki
ई-हुलाकी | साउन २६, २०७६ आइतबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सार्वजनिक कार्यक्रममा बोलेको बिषयलाई लिएर सत्तारुढ नेकपा भित्र विवाद उत्पन्न भएको छ । 

नेकपा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्ड विरुद्ध खनिएपछि उनीमाथि कारबाही गर्न युवाहरुले माग गरेका छन् । 

नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा)ले थापालाई पार्टीको जिम्मेवारी छोड्न चुनौती दिएका छन् ।

पार्टीको केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नै अध्यक्षमाथि बारम्बार आक्रमण गरेको भन्दै त्यस्तो प्रकारको आक्रमण अब सैह्य नहुने चेतावनी समेत दिएका छन् । 

दिपशीखाले पार्टी अनुशान नमान्नेले आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुने सुझाएका हुन् ।

‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन,’अध्यक्ष दिपशीखाले आफ्नो सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’


यस्तै, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विजय गौतमले अबको पार्टी बैठकबाट सुर्य थापामाथि कार्वाही हुनुपर्ने माग गरेका छन् । गौतमले फेसबुकमा यस्तो लखेका छन् । 

केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आफूले १० वर्षे विद्रोहको नेतृत्व गरेपनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागी नभएको बताएका थिए ।

आफ्ना अध्यक्ष प्रचण्डको उक्त भनाइमाथि टिप्पणी गर्दै थापाले यस्तो लेखेका छन्,

थापाले  पार्टी एकता भएदेखिनै एकता विरोधी गतिविधि गर्दै आएको र निरन्तर प्रचण्डका विरुद्ध लेख्दै आएको नेकपा नेताहरुको आरोप छ । 

उनलाई निलम्बन गरिनुपर्ने र जिम्मेवारीबाट हटाइनुपर्ने माग सामाजिक सञ्जालमा धेरैले उठाएका छन् । तर, थापाले झनै कडा स्टाटस लेख्न थालेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय