आज इदको सार्वजनिक विदा (विज्ञप्तिसहित)

ehulaki
ई-हुलाकी | साउन २७, २०७६ सोमबार | 0

काठमाडौं  । मुस्लिम समुदायको प्रमुख चाड बकर इदका अवसरमा आज प्रदेश ५ सरकारले सार्वजनिक विदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार बकर इदको अवसरमा बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित भएकाले आज प्रदेश ५ मा सार्वजनिक विदा हुने छ । 

प्रदेश राजपत्रमा संघीय सरकारले तोके बाहेक बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ । यसैबीच, प्रदेश २ सरकारले पनि बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

इदमा केन्द्र सरकारले सार्वजनिक विदा दिनेरनदिने निर्णय सार्वजनिक भएको छैन् । मुस्लिम समुदायका प्रतिनिधीहरुले केन्द्र सरकारलाई समेत सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय