चट्याङबाट एकै परिवारका तीन जनाकाे मृत्यु

ehulaki
----------------- | साउन २७, २०७६ सोमबार | 0

हनोइ । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तमा सोमबार परेको चट्याङले एकै परिवारका तीन सदस्यकाे मृत्यु भएकाे छ ।

मृत्यु भएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् । ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए ।

यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन् । यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन् । तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन् । तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ ।

प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ ।     
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय