चौकी नजिकै नेकपा अध्यक्ष प्रचण्डको पुत्ला दहन, प्रहरी बन्यो मुकदर्शक !

ehulaki
ई-हुलाकी | साउन २७, २०७६ सोमबार | 0

काठमाडौं । राजवादी संगठन शाही युवा शक्ति नेपालले राजधानीको बुढानिलकण्ठमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । 

पूर्वराजालाई नार्गाजुन दरबारबाट निकाल्छु भन्दै दिएको अभिव्यक्तिको विरोधमा  पुत्ला जलाइएको शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जनाए ।

'नागरिकको हैसियतमा बसेका राजालाई निकाल्छु भन्ने प्रचण्ड को हुन्'? भन्दै खड्काले उल्टै प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिंदै आइरहेका छन् । 

बुढानिलकण्ठ स्थित प्रहरी चौकीबाट ५० मिटरको दुरीमा पुत्ला दहन गर्दा पनि प्रहरीले सुइको समेत पाउन सकेको थिएन । 

शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य राम कुमार रम्तेलको संयोजकत्वमा पुत्ला दहन भएको थियो । 

पुत्ला दहन सकिए पछि प्रहरी निरिक्षकको कमाण्डमा गएको प्रहरी टोली आफै अलमलमा थियो ।

तल भिडियोमा हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय