श्रीमतीलाई मारेर एक हातमा टाउको अर्कोमा चक्कु लिएर सडकमा घुमिरहेका थिए प्रदिप

ehulaki
ई-हुलाकी संवाददाता | साउन २८, २०७६ मंगलबार | 0

एजेन्सी। आन्ध्र प्रदेशको विजयवाडामा हत्याको यतो घटना सिसिटिभीमा रेकर्ड भएको छ जसको बारेमा सुन्दा पनि आङ सिरिङग हुन्छ । यहाँका प्रदिप कुमार नामका व्यक्तिले पहिले श्रीमतीको हत्या गरे त्यसपछि उनको टाउको छिनाए । यति हुँदा पनि उनको रिस शान्त नभएपछि उनी एक हातमा पत्नीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर घुमिरहेका सडकमा थिए ।

प्रदिपको हातमा महिलाको काटिएको टाउको देखेर मानिसहरु निकै डराए । यो पूरै घटना सिसिटिभीमा रेकर्ड भयो । यो घटना विजयवाडाको श्रीनगर क्षेत्रको भएको आज तकको समाचारमा उल्लेख छ । समाचारअनुसार आइतबार प्रदिपले आफ्नो घरबाहिर प्रदिपले आफ्नी पत्नी मनिक्रान्तिको चक्कुले घाँटी काटेर हत्या गरे । त्यसपछि उनी एउटा हातमा टाउको अर्को हातमा चक्कु लिएर घुमिरहे । रिपोर्टअनुसार उनले हत्यापछि पत्नीको काटिएको टाउको नहरमा फालिदिए र आफैं प्रहरी चौकी गएर आत्मसमर्पण गरे । उनीहरुको बिहे ५ वर्ष पहिले भएको बताइएको छ । हत्या भन्दा अगाडि मनिक्रान्तिले प्रदिपविरुद्ध घरेलु हिंसाको मुद्दा हालेपछि उनीहरुबीच खटपट भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय