अमेरिकी दुतावासले फेरि सन्दीपलाई बोलायो

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । अमेरिकी दुतावासले सन्दीप लामिछानेको भिसा रिजेक्ट गरेको खबर बाहिरिएपछि दुतावासले फेरि सन्दीपलाई बोलाएको छ ।

सुरुमा भिसा दिन अस्वीकार गरेको दुतावासले फेरि 'रिभ्यू'का लागि सन्दीपलाई बोलाएको हो। 

भिसा रिजेक्ट गरिदिएको कुरा सन्दीपले ट्विट मार्फत मंगलबार बिहान जानकारी दिएका थिए । 

अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यावसायिक लीगमा ख्याति कमाएका नेपाली क्रिकेट खेलाडी लामिछानेलाई भिसा नदिएपछि दुतावासको आलोचना भइरहेको छ ।

मंगलबार सन्दीपलेसामाजिक सञ्जाल ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका थिए।

उन्नाइस वर्षीय नेपाली स्पिनर लामिछानेले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका व्यावसायिक लीगमा खेलिसकेका छन्।

यो वर्ष दोस्रो पटक क्यारेबियन लीग खेल्न निम्त्याउने क्रममा बार्बेडस ट्राइडन्ट्स् क्लबले लामिछानेलाई झन्डै ७८ लाख रुपैयाँ तिर्ने कबोल गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका छन्।

यो पनि पढ्नुहोस्

अमेरिकाले भिसा नदिएपछि सन्दीपले गुहारे प्रधानमन्त्री !
सन्दीप लामिछाने भिसा प्रकरण : रवीन्द्र मिश्रले भने, 'यो देशकै अपमान हो' !

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय