अन्तत : सन्दीपलाई अमेरिकाले दियो भिसा

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । नेपाली लेग स्पेनर सन्दीप लामिछानेले भिसा पाएका छन् ।अमेरिकी राजदुतासाले उनलाई बोलाएर भिास दिएको हो । 

भिसा रिजेक्ट गरेको तीन घन्टापछि बोलाएर दुतावासले फेरि भिसा दिएको हो । क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि सन्दीपले सामाजिक सञ्जालमा आफ्नो भिसा रिजेक्ट भएको भन्दै ट्विट गरेका थिए । 

उनले निःशब्ध भन्दै  प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए।

दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

यो पनी

अमेरिकाले भिसा नदिएपछि सन्दीपले गुहारे प्रधानमन्त्री !

सन्दीप लामिछाने भिसा प्रकरण : रवीन्द्र मिश्रले भने, 'यो देशकै अपमान हो'

अमेरिकी दुतावासले फेरि सन्दीपलाई बोलायो
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय