रणवीर कपुर र आलिया भट्टको विवाह पक्का, हनिमुन कहाँ ?

ehulaki
एजेन्सी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउडका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले छिट्टै विवाह गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विवाहका लागि रणवीरले आलियाका पिता महेश भट्टसँग उनको हात मागिसकेका छन् । मुम्बई मिररको रिपोर्टअनुसार रणवीर आलियासँगको आफ्नो सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निष्कर्षमा पुगेका छन् र उनले महेशसँग भेट गरेर विवाहका लागि आलियाको हात मागेका हुन् ।

महेशसँग आलियाको हात माग्ने क्रममा रणवीरले भावुक हुँदै आलियाको हात मागेका थिए । रणवीरले चालेको यो कदमले उनीहरुबीच २०२० सम्ममा विवाह भइसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय