नरेन्द्र मोदी, सलमान खान र शाहरुख खानलाई पछि पार्दै सन्नी लियोन एक नम्बर

ehulaki
एजेन्सी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शाहरुख खानलाई पछि पार्दै नायिका सन्नी लियोन गुगलमा सावधिक खोजी गरिने पहिलो व्यक्तिमा परेकी छन् । गत वर्षसँगै यस वर्ष पनि भारतको अगस्टसम्मको आँकडामा उनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन् ।

गुगलका अनुसार भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा धेरै खोजी गरेका छन् । प्रयोगकर्ताहरूले सन्नीको वायोपिक ‘करणजीत कौरः द अन्टोल्ड स्टोरी’लाई पनि खोजेका छन् । उनलाई भारतको पूर्वोत्तर राज्य मणिपुर तथा असममा धेरै खोजिएको छ । आफू धेरै गुगल गरिने अभिनेत्रीमा परेको जानकारी पाएकी सन्नीले यसको श्रेय आफ्ना प्रशंसकलाई दिएकी छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय