बालिका बलात्कारका आरोपित ४० वर्षीय अख्तर पक्राउ

ehulaki
रासस | साउन २८, २०७६ मंगलबार | 0

काठमाण्डाैँ । बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपालिका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन् ।

पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध सप्तरी जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । आरोपितहरूले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए ।     
  
   
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय