पठाओको स्पष्टिकरण, 'ट्याक्सी संचालन गरेका छैनौं'

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । पठाओ नेपालले आफुहरुले ट्याक्सी संचालन नगरेको स्पष्ट परेको छ । रोल

काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ ।

पठाओ नेपालले आफुहरुले ट्याक्सी संचालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो ।

पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे नीजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाह पछि नलाग्न आग्रह गर्नु भयो ।

पठाओको कार लाइट सेवाले ग्राहक सँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ ।

कार लाइट सेवा अन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैया ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतीक्षा गरेको,इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैया लिएको स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय