दैंनिक राशीफल

दैंनिक राशीफल

ehulaki
ज्यो. दुर्गा प्रसाद उपाध्याय | साउन २९, २०७६ बुधबार | 0

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण २९ गते (१४ अगस्त २०१९) शुक्लपक्ष्य चतुर्दर्शी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, बुधवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मकर राशीमा

सूर्य उदय बिहान ०५.३४ मिनेटमा, सूर्यअस्त साझ ०६.४१ मिनेट अस्त

आजको राशीफल

 

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन अध्ययनमा सफलता, आयमा बृद्धि, शारीरिक एवं पारीवारीक सुख प्राप्त भएता पनि राज्यपक्षवाट अवरोध । आजको दिन तपाईले शिवजीको दर्शन गर्नुहोस सफलता प्राप्त अवश्य नैं हुनेछ ।

 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन ब्यापार कारोवारमा लाभ, राज्यपक्षवाट झन्झटीलो ब्यहोर्न पर्नेछ भने अध्ययनमा सफलता नैं प्राप्त हुनेछ । आजको दिन तपाईलाई ईष्टदेबलाई सम्झीएर कार्य गर्नुहोस सफलता प्राप्त अवश्य नैं हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि आजको दिन सामाजिक सेवामा मन लाग्नुका साथै दाजुभाईको साथ सहयोग मिल्नेछ भने धनहानी हुने देखीने हुदा सावधानी अपनाउनु पर्ने देखीन्छ आजको दिन तपाईले शिवजी दर्शन गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ ।

 कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन आत्म बलमा कमजोरीको अनुभुती हुनेछ भने अलि मनमा दिक्दार आउन सक्नेछ । यात्राको अवसर प्राप्त भएता पनि मित्रबाट धोखा मिल्न सक्नेछ । आजको दिन तपाईले आफ्नो ईष्ट देबतालाई सम्झिएर कार्य आरम्भ गर्नुहोस सफलता अवश्य मिल्नेछ ।


सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

सिह राशीका  आजको दिन शारीरिक सुख प्राप्त, धनलाभ, अध्ययनमा सफलता मिलेता पनि ब्यापार कारोबारमा हानी हुनुका साथैं साझेदारी काममा धोखा मिल्नेछ । आजको दिन शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त हुने नैं छ ।

 

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन शरीरमा उमङ्गता पैदा भई धनलाभ हुनेछ भने अलि चिसोको समस्याले सताउने हुदा अलि सावधानी अपनाउनु पर्ने देखीन्छ । आजको दिन शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस सफलता अवश्य नैं मिल्नेछ ।

 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको  दिन आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखीन्छ, कारोबार गर्न उचित रहेको छैंन सञ्चित धन हानी हुने देखीन्छ भने अध्ययनमा सफलता नैं मिल्नेछ । आजको दिन शुभ कार्य गर्दा गणेशको दर्शन गरी कार्य आरम्भ गर्नुहोस तपाईलाई शुभ फल अवश्य नैं मिल्नेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) 

बृश्चिक राशीका आजको दिन अध्ययनमा सफलता नैं प्राप्त, धनलाभ भएता पनि सार्थीभाईसंग धोखा मिल्नुका साथैं साझेदारी कार्यमा नोक्सान मिल्न सक्नेछ, आजको दिन तपाईले गणेशको दर्शन गरी कार्य गर्नुहोस शुभ फल अवश्य नै मिल्नेछ ।

 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि  आजको दिन आार्थिक लाभ मिल्नुका साथैं अध्ययनमा सफलता अवश्य नैं मिल्नेछ भने ब्यापार कारोबारमा लाभ नैं मिल्ला, यात्राको अवसर अवश्य नैं मिल्नेछ । आजको दिन तपाईले भैरबको दर्शन गरी कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ ।

 

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन साझेदारी काम गर्दा उत्तम मिल्नुका साथैं ब्यापारमा लाभ समेत मिल्नुका साथैं सम्मान समेत मिल्नेछ, आजको दिन अलि दिक्दारको अनुभुती हुने देखीन्छ, । आजको दिन सफलता प्राप्त गर्नको निम्ति शिवजीको दर्शन गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ ।

 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन उमङ्गता पैदा हुनुका साथैं धार्मिक एवं सामाजिक कार्यमा मन लाग्नेछ, अध्ययनमा सफलता नै प्राप्त हुनेछ भने आर्थिक लाभ नै हुने देखीन्छ । आजको दिन आफ्नो कुल देबतालाई सम्झिएर कार्य आरम्भ गर्नुहोस तपाईको दिन शुभ नैं रहनेछ ।

 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन चिसो एवं पेटको समस्याले अलि सताउनेछ, पारीवारीक साथसहयोग मिल्नुका साथैं बैंदेशीक यात्राको अवसर समेत मिल्ने देखीन्छ, तपाईले आजको दिन शुभ गर्नको निम्ति आफ्नो कुल देबताको पुजा, ईष्टदेबतालाई सम्झने गर्नुहोस तपाईको दिन अवश्य शुभ रहनेछ ।

बास्तुशास्त्र

बाथरुम

बास्तुशास्त्र अनुसार स्नान घर पनि बास्तुको नियम अनुसार अति महत्वपूर्ण रहेको हुन्छ । जसरी किचेन, सुत्ने कोठा, पुजा गर्ने कोठाको महत्व रहन्छ त्यसै गरी बास्तु शास्त्रमा स्नान घर पनि अति महत्वपूर्ण रहेको हुन्छ । बाथरुमको लागि पूर्व दिशा राम्रो रहन्छ । यदि ढोका पश्चिम भएको खण्डमा पश्चिम नैऋत्य कोणमा हुनु राम्रो हुन्छ ।

स्नान घरको ढोका पूर्व पश्चिम हुनु राम्रो मानिन्छ । गिजर भए बाथरुम आग्नेय कोणमा भए दोष लाग्दैन किनकी गिजर अग्निसंग सम्बन्धीत भएको हुनाले । पानी बग्ने उत्तर पूर्व हुनु पर्दछ । पूर्व तिर जल निकास भए अति राम्रो मानिन्छ । यदि दक्षिण पश्चिम तिर पानीको निकास भए धन हानी र रोगको कारक बन्दछ ।

बास्तुशास्त्रमा पनि बाथरुम एकदमै महत्वपूर्ण रहेको हुन्छ । बाथरुमसँग जोडिएको बास्तुसम्बत ध्यान दिनु पर्दछ । बाथरुमलाई ध्यान नदिएको खण्डमा नेगेटिभ ईन्नर्जि प्रवेश गरेर नकारात्मक उर्जा घरमा आउछ ।

बाथरुममा निलो रंङ्गको बाल्टी राख्नु अति शुभ मानिन्छ ।

जसको कारण घरमा धन सम्बन्धी हानी हुर्दैन । बाल्टी कहिले पनी खाली राख्नु हुदैन । हमेसा पानी भरेर राख्नु पर्दछ ।

धाराको पानी चुहीने हुनु बास्तुशास्त्र अनुसार शुभ मानिर्दैन । जसको कारण आर्थिक हानी हुन्छ । बाथरुमको ढोका कहिल्यै पनि खुला राख्नु राम्रो मानिर्दैन । पानी आवश्यकता भन्दा बढी प्रयोग गर्नु पनि बास्तु बिपरित मानिन्छ । धनसम्बन्धी र स्वास्थ्य सम्बन्धी समस्या पर्दछ । बाथरुम सधै सफा राख्नु पर्दछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं 

 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय