भोलि जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते भोलि रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टासी लामाले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय