घट्यो सुनको भाउ, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौँ । साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । यस दिन सुन तोलामा ७ सय रुपैयाले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

छापावाल सुनको मूल्य गत मंगलबार तोलामा ७१ हजार रुपैयामा कारोबार भएको थियो । जुन हालसम्मको उच्च मूल्य हो । त्यस्तै यस दिन तेजाबी सुन प्रति तोला ७० हजार रुपैयामा कारोबार भैरहेको छ ।

त्यस्तै यस दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर मंगलबार चाँदी प्रति तोलामा ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय