पानिस्तानको ७३ औ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइयो

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । पाकिस्तानले आफ्नो ७३ औ स्वतन्त्रता दिवस आज मनाईरहेको छ ।

यसैबीच स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दुतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो ।

७३ बर्ष अगाडि तात्कालिन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

दुताबासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाईचाराको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख  छ ।

नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय