प्रहरी कार्यलयमै घुस दिन गएपछि उपेन्द्र प्रसाद यादव पक्राउ

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । प्रहरी कार्यलयमै गई प्रहरीलाई घुस दिने क्रममा प्रहरीबाटै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् ।


बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो । यादवलाई प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय