प्लस २ पढ्न करिश्मा मानन्धर र शान्ता चौधरी कलेज भर्ना

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौ । यसैबर्ष एसईई पास गरेका नायिका करिश्मा मानन्धर र नेतृ शान्ता चौधरी उच्च शिक्षाका लागि कलेज भर्ना भएका छन् । 

अभिनेत्री मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी हुन भने, चौधरी नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुलमा भर्ना भएकी छन्। 

करिश्माले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक फेसबुकमा राखेकि छन् । 

चौधरी ह्युम्यानिटिज अन्र्तगत  समाजशास्त्रको विद्यार्थीको रुपमा रत्न राज्य स्कुलमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ छ ।

चौधरीले दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् । चौधरी प्रतिनिधिसभाकी सांसद हुन् भने मानन्धर पूर्व नयाँ शक्ति पार्टीकी केन्द्रीय थिइन। हाल भने उनी स्वन्त्र छिन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय