पाकिस्तान छिरेर आक्रमण गर्ने विङ कमाण्डर अभिनन्दनलाई भारतले बिशेष सम्मान गर्ने

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

नयाँ दिल्ली । ७३ औं स्वतन्त्रता दिवसको दिन भारतले पाकिस्तान छिरेर बालकोटमा हमला गर्ने भारतीय वायुसेनाका कमाण्डर अभिनन्दन वर्तमान लाई सम्मान गर्ने भएको छ ।

युद्ध मैदानमा देखाएको विशेष साहस भन्दै भारत सरकारले अभिनन्दनलाई 'विर चक्र'ले बिभुषित गर्न लागेको हो ।

यस्तै बालकोटस्थित आतंकवादी संगठन जैश-ए-मोहम्मदको कार्यालय ध्वस्त गर्ने अन्य ५ पाइलटलाई बायुसेवा मेडल बाट सम्मानित गरिने छ । भारतले भोलि ७३ औं स्वतन्त्रता दिवस मनाउँदै छ। 

गत १४ फेब्रुअरीमा ४० भन्दा बढी भारतीय अर्धसैनिकको ज्यान जानेगरी भारत प्रशासित कश्मीरमा एउटा आत्मघाती आक्रमणसँगै भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो ।

तनाव चुलिदै गएपछि भारतीय वायुसेनाले पाकिस्तान प्रशासित काश्मिरमा छिरेर लडाकु समूह जैश ए मोहम्मदको सबैभन्दा ठूलो शिविरमा आकाशबाट बम खसालेर नष्ट पारिदिएको थियो।
उक्त आक्रमणका क्रममा विङ कमाण्डर अभिनन्दनले लडाकु विमान मिग २१ उडाएका थिए ।

अभिनन्दनले उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदिएको थियो र  उनलाई आफ्नो नियन्त्रणका लिएको थियो । नियन्त्रणमा लिएका उनलाई केहि दिनपछि पाकिस्तानले भारतलाई सकुशल बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय