संयुक्त राष्ट्रसंघकाे सद्भावना दूतबाट प्रियंका हट्न सक्ने

ehulaki
एजेन्सी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं ।  बलिउड अभिनेत्री प्रियंका चोपडालाई युनिसेफ दूतबाट हटाउन पाकिस्तानको माग  रहेको छ  । उनले गत फ्रेबुअरी २६ मा उनले भारतीय सेनाको समर्थन गर्दै ट्विट गरेकी थिइन् । त्यही दिन भारतीय वायु सेनाले पाकिस्तानको पुलवामामा आक्रमण गरेको थियो । त्यतिखेर धेरै बलिउड सेलेब्रेटीहरूले भारतीय सेनाको यो आक्रमण प्रशंसा गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।

तीमध्ये प्रियंकाले भने ६ महिनापछि आएर उक्त ट्विटको स्पष्टिकरण दिनु परेको छ । मंगलबार अमेरिकाको लस एन्जलस भएको एक कार्यक्रममा प्रियंकालाई पाकिस्तानी–अमेरिकी नागरिक आयशा मल्लिकले उक्त ट्विटमाथि प्रश्न उठाइन् ।

प्रियंका संयुक्त राष्ट्रसंघकी सद्भावनादूत हुन् । उनको भनाइले अन्तर्राष्ट्रिय जगतमा ठूलो अर्थ राख्छ ।  योसँगै पाकिस्तानी मानवअधिकारमन्त्री शिरीन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन युनिसेफसँग माग गरेकी छन् । सार्वजनिक रूपमै द्वन्द्वका बेलामा भारतीय सेनाको समर्थन गरेको भन्दै मन्त्री मजारीले शान्तिदूत जस्तो पदमा कस्तो मान्छे राख्ने भन्नेबारे युनिसेफले विचार पुर्याउनुपर्ने भन्दै ट्विट गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय