नेपाल-भारत सीमासम्बन्धी दस्तावेज परराष्ट्रका कर्मचारीले लुकाए : नेपाल

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमडाो. । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सिमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पुर्व प्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गर्नुभएको हो।

उहाँले कर्मचारीको नियत र मुलुक प्रतिको उत्तरदायीत्व माथि नै शंका व्यक्त गर्नुभयो । राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरि काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पुर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भईरहदा पनि सरकार र सम्बन्धीत निकायले सम्बोधन नहुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरि खोजिनुपर्ने बताउनुभयो ।

उहाँले  तराई क्षेत्रमा बर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठुलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क गर्नुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय