यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यसरी मनाउँदै गाईजात्रा

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यस वर्षको गाईजात्रा पनि धुमधामसँग मनाउने भएका छन् । 

दिवंगत साथीहरुको सम्झना अनि नेपालीहरुको मौलिक पर्वको उल्लासमा  रमाउन  यो वर्ष पनि गाईजात्रा मनाउन थालिएको हो । यो पर्वका दिन यौनिक तथा लैंगिक  अल्पसंखयक समुदायले ‘हाम्रो पर्व हाम्रो गौरव’ भन्ने नारासहित ‘गौरव यात्रा’ गर्न  थालेको बताइएको छ । 

यौनिक तथा अल्पसंख्यकहरुको महासंघ नेपालका अनुसार गाईजात्राको दिन अर्थात साउन ३१ (१६ अगस्त)को दिन ठमेलमा ‘गौरव यात्रा’ गरिने छ । महासंघले उक्त गौरव यात्रामा सहभागिताका लागि सम्पूर्ण समुदाय, शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय