रवी लामिछानेलाई प्रकाउ गर्न प्रहरी तयार !

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई मर्न वाध्य बनाइएको भन्दै रवी लामिछानेलाई पक्राउ गर्न माग उठेको छ । 

मृत्युअघि शालिकरामले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछि रवी लामिछाने र यस पक्ररणमा संलग्न अन्यलाई समेत पक्राउ गर्न सामाजिक सञ्जालमा मानिसहरुले आवाज उठाएका छन् । फेसबुकमा तत्कालिन अनेरास्वियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले यस्तो लेखेका छन् ।

यसैबीच, नेपाल प्रहरीले पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान गर्न तयार रहेको बताएको छ । 

मृत्युअघि रेकर्ड गरिएको भिडियोमा शालिकरामले दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीको नाम लिएका छन् ।

( ०७५ १ भदौ देखि लागू भएको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।)

यो पनि पढ्नुहोस्

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट

चर्चित ज्योतिषले रवी लामिछानेका दिन खराब भन्दै लेखे स्टाटस !

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय