बम पड्क्यो भन्ने कुरा हल्ला हो : प्रहरी

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।  

पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न आज त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रबिक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाह मात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

“बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भन्नुभयो, “खै कसले बम पड्केको कुरा ग¥यो, उनैले जानुन् ।” आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उहाँले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताउनुभयो । 

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किनुभएका र बिहीबार रास्कोट नगरपालिकाको नमूना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय