पुडासैनीको मोबाइलमा रहेका अडियो–भिडियोको ल्याब परीक्षण, यस्तो आयो रिपोर्ट

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो र आवाज पुडासैनीकै रहेको प्रमाणित भएको छ ।

पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ल्याब परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ।  चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले सो कुराको जानकारी दिएका हुन । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सार्वजनिक भएको उक्त भिडियोले रवि लामिछानेलाई कारबाही हुन सक्ने आधार देखिएको छ । टेलिभिजन प्रस्तोता लामिछाने विरुद्ध कारवाही प्रक्रिया अघि बढेको पनि प्रहरीले बताएको छ । पत्रकार शालिकराम पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको र सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाइएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिएका छन्।  पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै आज बुधबार सार्वाजनिक भएपछि प्रहरीमाथि तीव्र दबाब परेको हो । 

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागेको थियो । एसपी मल्लले रविसहित तीनैजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका छन्।  पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कँडेल र ओखलढुङ्गाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्।  एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्।

यही विषयमा प्रहरी लागि रहेको र रवि लामिछानेलाई सम्पर्क गरिरहेको एसपी मल्लले बताएका छन । उनले पक्राउ गरी कारवाही प्रकृया अघि बढाउने समेत बताएका छन । प्रकृयामा लागिसकेको एसपी मल्लको भनाई छ ।  पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिएका छन्। उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याब रिपोर्ट पनि आइसेकेको उनले बताएका छन । 

 

रवि लामिछानेले केटी प्रयोग गरेपछि पुडासैनी आत्महत्या गर्न वाध्य भएको खुलासा

 

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट !

 

शालिकरामको भिडियो बाहिरिएपछि रवी लामिछानेले यस्तो लेखे !

 

'सिधाकुरा जनतासँग'को आडमा तस्करसँग करोडौँ असुल्छन् रवि लामिछाने (भिडियो प्रमाणसहित)

 

रवी लामिछानेलाई प्रकाउ गर्न प्रहरी तयार !

 

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय