दैंनिक राशीफल

दैंनिक राशीफल

ehulaki
ज्यो. दुर्गा प्रसाद उपाध्याय | साउन २९, २०७६ बिहिबार | 0

 

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण ३० गते (१५ अगस्त २०१९) शुक्लपक्ष्य पुर्णिमा तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, गुरुवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मकर राशीमा

जनैंपूर्णिमा / रक्षाबन्धन / ऋषितर्पणी / क्वाटी खाने दिन / संस्कृत दिवस

कुम्भेश्वर  / गोसाईकुण्ड / पशुपतिनाथमा मेला ।

सूर्य उदय बिहान ०५.३४ मिनेटमा, सूर्यअस्त साझ ०६.४० मिनेट अस्त

 

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन अध्ययनमा सफलता आर्थिक हानी सञ्चित धन हानी, चोटपटकको सम्भावना, साथीभाईसंग धोखा मिल्नेछ । आजको दिन भैरबको दर्शन गरी कार्य आरम्भ गर्नुहोला तपाईलाई शुभ फल नैं मिल्नेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

 बृष राशी भएका ब्यक्तिलाई आजको दिन अध्ययनमा सफलता आयमा अवरोध हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि आजको दिन अध्ययनमा सफलता मिलि बौद्धिक कार्यमा मन लाग्नुका साथैं आयमा हानी हुने देखिन्छ भने अलि पेटको समस्याले देखाउने हुदा बंगलामुखीको दर्शन वा देबीको दर्शन गर्नुहोस, कुल देबताको पुजा गर्दा तपाईलाई शुभ फल नैं मिल्ने छ ।


कर्कट राशी(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशीका आजको दिन दाजुभाई बिचमा सम्बन्ध सुधार हुनुका साथैं सामाजिक कार्यमा मनलाग्नुका साथैं नयां कार्यको आरम्भ समेत हुनेछ । ब्यापार कारोबारमा लाभ हुनुका साथैं यात्राको अवसर प्राप्त हुने देखिन्छ । आजको दिन तपाईले भैंरबको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ ।


सिह राशी(मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

सिह राशीका  आजको दिन बैदेशीक यात्राको अवसर प्राप्त, ब्यापार कारोबारमा हानी हुने देखिन्छ भएता पनि दाजुभाईको साथ सहयोग अवश्य नैं मिल्नेछ अध्ययनमा सफलता नैं प्राप्त आजको दिन तपाईले आफ्नो ईष्टदेवतालाई सम्झीएर कार्य आरम्भ गर्नुहोस तपाईलाई अवश्य नैं सफलता प्राप्त हुनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन शारीरिक सुख प्राप्त अध्ययनमा सफलता नैं प्राप्त होला सञ्चित धनवृद्धि हुनुका साथैं पारीवारीक सुख प्राप्त हुनेछ सामाजिक कार्यमा मनलाग्ने छ । आजको दिन तपाईले शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस अवश्य नैं सफलता प्राप्त हुनेछ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको  दिन पारिवारीक सरसल्लाह अनुसार कार्य आरम्भ गर्दा सफलता अवश्य नैं मिल्नेछ, अध्ययनमा अवरोध मिल्नुका साथैं धन हानी हुने देखिन्छ, आजको दिन तपाईले गणेशको दर्शन गरी कार्य आरम्भ गर्नुहोस तपाईलाई सफलता अवश्य नैं मिल्ने छ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) 

बृश्चिक राशीका आजको दिन अध्ययनमा सफलता प्राप्त आय आर्जनमा बृद्धि हुनुका साथैं आखाको समस्याले सताउने देखीन्छ भने पेटको समस्याले सताउने हुदा सावधानी अपनाउनु पर्ने देखिन्छ । आजको दिन दिन शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नुहोस अवश्य नैं सफलता प्राप्त हुने नैं छ ।

 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि  आजको दिन अध्ययनमा सफलता, आर्थिक लाभ हुने देखिन्छ भने ब्यापार कारोबारमा समेत लाभ हुने देखीन्छ आजको दिन तपाईले देबीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस निश्चित रुपले सफलता प्राप्त हुने देखीन्छ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन अध्ययनमा सफलता, सामाजिक तथा धार्मिक कार्यमा मन लाग्नेछ भने शारीरिक सुखमा कमि हुनुको साथैं पेटको समस्याले अलि सताउने देखीने हुदा तपाईले आजको दिन आफ्नो कुल देबताको लाई सम्झीएर कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त नैं होला ।

 

 कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

 कुम्भ राशीका लागि आजको दिन अध्ययनमा सफलता मिल्नुको साथैं धनलाभ हुने छ परिवार सहित धार्मिक कार्यमा सरीक हुनु भयो भने सफलता प्राप्त हुनेछ  चोटपटकको सम्भावना बढेर गएको हुदा सावधानी अपनाउनु पर्ने देखीन्छ । आजको दिन गणेशको दर्शन गरी कार्य आरम्भ गर्नुहोस सफलता अवश्य नैं मिल्नेछ ।

 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन अध्ययनमा असफलता, आर्थिक हानी भई मनमा दिक्दार उत्पन्न हुने देखीन्छ भने पारीवारीक सरसल्लाह अनुसार कार्य आरम्भ गर्नु भयो भने सफलता अवश्य नैं मिल्ला । आजको दिन आफ्नो कुल देबताको दर्शन गरी कार्य आरम्भ गर्नुहोस निश्चित रुपले सफलता प्राप्त हुने नैं छ ।

 

वास्तु विज्ञान

पसल ब्यवसाय, दोकानको वास्तु विज्ञान अनुसार आजको दिन चर्चा गरौं ।

दोकान पूर्व, उत्तरी मुखी शुभ तर पश्चिम तथा दक्षिण मुखी अशुभ भन्ने होईन । सबैभन्दा पहिले पसल भएको घरको बास्तु के कस्तो रहेको छ भनेर हेर्नु पर्दछ ।

घरको ढोकाको पद हेरेर मात्र छुट्याउनु राम्रो हुन्छ । सबै दिशामा ९ पद गरी ३६ वटा रहेका हुन्छन् । त्यस ३६ पदमा कुनै शुभ कुनै अशुभ मानिन्छ । शुभ पदमा बनेको पसल ब्यवसायको निम्ति अति उपयुक्त रहन्छ । ईशान देखी आग्नेयसम्मको ९ पद, त्यसमा ईशान देखि आग्नेयसम्मको ५ पदसम्म बनेको पसल ब्यवसायको निम्ति अति शुभ दायक हुन्छ । त्यसै गरी आग्नेय देखी नैऋत्यसम्मको ९ पदहुन्छ, आग्नेय देखी ४ पदको पसल ब्यवसायको निम्ति अति राम्रो हुन्छ । ईशान देखी बायब्यसम्मको ९ पदहुन्छ, त्यसमा ईशान देखी ५ पदको पसल ब्यवसायको निम्ति अति उपयुक्त हुन्छ । बायब्य देखी नैऋत्यसम्मको ९ पदहुन्छ, त्यसमा बायब्यदेखीको ५ पदको पसलको सटर ब्यवसायको निम्ति अति शुभदायक हुन्छ । यसरी बास्तुशास्त्रको नियम अनुसार न कुनै दिशा ब्यवसायको निम्ति शुभ, न कुनै दिशा अशुभ भन्ने हुदैंन, मुख्य गरेर कुन पदमा पसलको सटर रहेको छ त्यही अनुसारले बास्तुशास्त्र अनुसार हेरीन्छ ।

पसल ब्यवसायको भित्री भागमा बिक्री सामान राख्नेको निम्ति दराज उत्तर पश्चिम बनाउनु उत्तम हुन्छ । पसलमा ईशान कोणमा पुजा गर्ने स्थान बनाउदा अति शुभ दायक हुन्छ । ईलेक्टोनिक सामान आग्नेय कोणमा राख्दा अति राम्रो हुन्छ । काउन्टरको मुख पूर्व वा उत्तर हुनु अति शुभ दायक हुन्छ ।

पैसा राख्न दराज पश्चिम वा दक्षिण भिक्तामा राख्नु अति शुभ दायक हुन्छ । जहिले पनि दराजको मुख खोल्दा पूर्व वा उत्तर मुख हुनु पर्दछ दराजको । पसल ब्यवसायका गर्ने मुख्य मालिक नैऋत्य कोणमा बस्नु अति उत्तम हुन्छ, तर संगसंगैं कोही पनि बस्ने बस्नु  हुर्दैन । माथिल्लो  भागमा केही गहुङ्गो सामान पनि राख्नु हुर्दैन । बस्दा बिमको मुखी कहिल्यै पनि बस्नु हुर्दैन । यदि पसल ब्यवसाय गर्ने मानिसले चिया नास्ता खाने किचन बनाउने हो भने आग्नेय कोणमा बनाउनु पर्दछ । पसलको आग्नेय कोणमा मोनीपलान्टको बिरुवा राख्नु ब्यवसाय गर्नको निम्ति अति शुभदायक हुन्छ । पसलमा किस्टलको कुनै यन्त्र लियर, वा कछुवा लियर राख्नु पनि पेशा ब्यवसायको निम्ति अति शुभ दायक हुन्छ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं 

 

 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय