पीएसजीले तोक्यो नेयमारका लागि पत्याउनै नसकिने मूल्य, बार्सिलोना पछि हट्यो !

ehulaki
ई-हुलाकी संवाददाता | साउन ३०, २०७६ बिहिबार | 0

एजेन्सी । फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई २५० मिलियन युरोमा मात्र बेच्ने बताएको छ । दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले नेयमार अनुबन्ध गर्ने इच्छा देखाएपछि पीएसजीले उनको मूल्य २५० मिलियन युरो राखेको हो ।

स्पेनिस पत्रिका मार्काको अनुसार नेयमार अनुबन्ध गर्ने प्रक्रियाका लागि मंगलबार पेरिस पुगेका बार्सिलोनाका टेक्निकल म्यानेजर ईरिक अबिडाल सहितको टोलीलाई पीएसजीले उक्त रकम माग गरेको हो । बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी आएका नेयमार पछिल्लो समय क्लबसँगको खटपटले क्लब छाड्ने मनसायमा पुगेका छन् ।

नेयमार पनि बार्सिलोना फर्कन चाहिरहेका छन् । तर, हालै एन्टोनियो ग्रीजम्यान अनुबन्ध गरेको बार्सिलोनाले नेयमारका लागि त्यति ठुलो रकम खर्च नगर्ने मनसाय बनाएको छ ।  नेयमारले बार्सिलोनाको जर्सीमा १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 १७ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय