मृत्युकालिन घोषणा असत्य हुँदैन यो फौजदारी कानुनको विश्वव्यापी मान्यता हो- अधिवक्ता नेपाल (भिडियो)

ehulaki
ई-हुलाकी | साउन ३०, २०७६ बिहिबार | 0

काठमाडौँ ।  अधिवक्ता स्वागत नेपालले चितवनमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुख खोलेका छन । उनले शालिकराम पुडासैनीले झुट बालेको आफूलाई नलागेको समेत बताएका छन । पुडासैनीले मर्नुअघि रेकर्ड गराएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएका छन् । 

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको हो । 

अधिवक्ता स्वागत नेपालले मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने,  युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएको र दीपक बोहराले पनि पुडासैनीको बहिनी र प्रेमीकाको म्यासेजको स्क्रिनसर्ट पोष्ट गर्नुले शांका झन बढेको बताएका हुन । उनले  दीपक बोहराले शालिकराम पुडासैनीलाइ  फसाउन खोजेको कुरा उनले सार्वजनिक गरेको म्यासेजको स्क्रीनसर्टबाट प्रमाणित गरेको पनि बताएका छन । 

 दीपक बोहराले पोष्ट गरेको म्यासेजको स्क्रीनसर्ट हेर्नुहोस् 

दीपकले आफै प्रमाण दिएको समेत बताएका नेपालले बताएका हुन । नेपालले पुडासैनीलाई पीडित बनाउन मिलोमतो भएको प्रमाण एक पछि अर्को दिँदै आएको समेत बताएका छन । उनले दीपक सम्म उनका गाेप्य म्यासेज जानुले मिलाेमताे भएकाे बताएका छन । 
 
एक युटुव च्यानललाई दिएको अन्तरवार्तामा नेपालले भनेका छन । ‘मलाई लाग्दैन की त्यो भिडियो जबरजस्ती बनाउन लगाइएको हो । त्यो भिडियो सेल्फी मुडमा खिचिएको देख्छु मैले । म यसको टेक्निकल मान्छे त हैन । तर भिडियो उहाँले आफैले खिचेको हो भन्ने मलाई लाग्छ । त्यो सेल्फी मुडमा छ भन्ने पनि देखिन्छ । अर्को तर्फबाट खिच्दाखेरि त्यो टाइपको भिडियो आउँदैनथ्यो । त्यसो भाको हुनाले त्यो उहाँ आफैले खिच्नुभएको देखिन्छ ।’ 

भिडियोनै अन्तिम प्रमाण हुन्छकी हुँदैन भन्ने प्रश्नमा उनले भनेका छन ‘फैजदारी कानुनको सिद्धान्तमा मृतकको मुखमा सत्यतानै बास गरेको हुन्छ भन्ने फौजदारी न्यायको सिद्धान्त छ । कुनैपनि ब्यक्तिले मर्दा मर्दै गरेको आफ्नो मृत्युकालिन घोषणा त्यो घोषणालाई एकदमै प्रमाणको रुपमा लिइन्छ । त्यो प्रमाणित रुपमानै लिइन्छ । मर्दै गरेको मान्छेले चाहिँ असत्य बोलेर मर्दैन । जब संसारै छाड्दैछ भने उसले सत्य बोलेर मर्छ भन्ने फौजदारी कानुनको विश्वब्यापी मान्यता हो । यदि मुद्दा प-यो भने अदालतले प्रमाणको रुपमा लिन्छ नै । आवाज र भिडियो फरक फरक भएको प्रमाणित हुन्छ भने त्यतिबेलाको कुरा फरक हुन्छ । आत्महत्याको सवालमा यो भिडियो प्रमाण प्रमुख प्रमाणको रुपमा रहन्छ । सुसाइट नोटलाई प्रमुख प्रमाणको रुपमा लिइन्छ ।’

हेर्नुहोस् भिडियो । 

पुडासैनीको मोबाइलमा रहेका अडियो–भिडियोको ल्याब परीक्षण, यस्तो आयो रिपोर्ट

 

रवि लामिछानेले केटी प्रयोग गरेपछि पुडासैनी आत्महत्या गर्न वाध्य भएको खुलासा

 

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट !

 

शालिकरामको भिडियो बाहिरिएपछि रवी लामिछानेले यस्तो लेखे !

 

'सिधाकुरा जनतासँग'को आडमा तस्करसँग करोडौँ असुल्छन् रवि लामिछाने (भिडियो प्रमाणसहित)

 

रवी लामिछानेलाई प्रकाउ गर्न प्रहरी तयार !

 

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय