रबि लामिछानेकी श्रीमती निकिता पौडेलले के लेखिन स्टाटस ?

ehulaki
ई-हुलाकी | साउन ३१, २०७६ शुक्रबार | 0

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछानेकी श्रीमती निकिता पौडेलले आज बिहानै आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेकी छिन ।

उनले रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले स्टाटसमा लेखेकी छिन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछुः रबि लामिछाने । ’ निकिताले रविको श्रीमती हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

त्यस्तै रबि लामिछानेको दाइ पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन्, ’सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिक सम्म भने अवश्य पुग्न सकिन्छ। त्यसैले त, सत्यको जित नभए पनि आखिरमा सत्य मर्दैन भन्छन् । सत्यतथ्य सविस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौँ !!' पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले रवि सहित अन्य दुईलाई बिहीबार पक्राऊ गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय