'गजल' विरानो यो संसारमा...।

ehulaki
ई-हुलाकी | साउन ३२, २०७६ शनिबार | 0

गजल

मनधेरै रोएको छ आमासङ्ग छुटीदा म।

विरानो यो संसारमा कसैसङ्ग कुटीदा म।।

 

गर्नुहुन्थ्यो मायाधेरै मैले खोट लाउँदापनि,

दु:खपाए आजआफै बाबासङ्ग फुटीदा म।।

 

पिरपरेको होला कठै ! बाबा अनि आमालाई,

गुण्डारुपि जालमापरी अञ्जानैमा लुटीदा म।।

 

सम्झिरा'छु हराबरा अनि निश्चल गंगालाई,

घामको रापले खडेरीमा एक्लै यहाँ भुटीदा म।।

 

मनधेरै रोएको छ आमासङ्ग छुटीदा म।

विरानो यो संसारमा कसैसङ्ग कुटीदा म।।

-सुरेन्द्र शाही (गुलाब कान्छाे)

      काठमाण्डाै

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय