एनएमबी लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

ehulaki
ई-हुलाकी | साउन ३२, २०७६ शनिबार | 0

काठमाडौं । पोखरा महानगरपालीका २५, हेम्जा कास्कीमा केन्द्रीय कार्यालय रहेको एनएमबी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ अन्र्तगतका शाखाहरुको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक समिक्षा गोष्ठी काठमाडौंमा सम्पन्न गरेको छ । 

संस्थाले आ.व. २०७५÷०७६ मा संचालनमा रहेका १८ वटा शाखा कार्यालयहरुको लक्ष्य तथा प्रगति समिक्षा सम्पन्न गरेको हो ।

समिक्षा कार्यक्रममा शाखा प्रबन्धकहरुले आआफ्नो शाखाको विशिष्ठ अबस्था र संस्थाले ग्रामिण विपन्न परिवारमा सेवा पुराउदा आईपरेका जटिलताका विषयमा जानकारी दिएका थिए । 

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मुरली प्रसाद लम्सालले शाखागत समिक्षा र आगामी आ.व.को योजनाको विषयमा प्रकाश पार्नु भएको थियो। 

साथै कर्जा ब्याबसाय विभागका विभागीय प्रमुख श्री सुर्य प्रसाद उपाध्याय र कर्जा जोखिम तथा असुली विभाग प्रमुख श्री प्रेम प्रसाद सुबेदीले अबको लघुवित्त कार्यक्रमको समस्या र चुनौतीकोबारमा शाखा प्रबन्धकलाई प्रशिक्षीत गर्नु भएको थियो ।

अधिकांश हिमाली तथा पहाडी क्षेत्रका ग्रामिण विपन्न क्षेत्रमा आर्थिक सम्वृद्धिको अभियानमा समुदायसँग हातेमालो गर्दै आएको एनएमबी लघुवित्तको देशैभरी १०० वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय