पिलो निको पार्ने घरेलु औषधीबारे जान्नुहोस

ehulaki
एजेन्सी | साउन ३२, २०७६ शनिबार | 0

गहुँ

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोर्होयाउनुस् । पिलो छिट्टै निको हुन्छ ।

निम

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि–माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

बेसार

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि–एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ ।

पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४र५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

लसुन

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनाले वा दैनिक २÷३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ । अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

दही, जिरा र कालो मरिच

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । कुनैपनि घरेलु औषधी प्रयोग गर्दा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । – सम्पादक

 

 

यो पनि जान्नुहोस 

भिटामिन सीका फाइदाहरु

१. घाउ भर्छ

भिटामिन सीमा उत्कृष्ट हिलिङ पावर हुन्छ । जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ ।

२. एलर्जी

यसमा पाइने एन्टी हिस्टामाइन तत्वले एलर्जीबाट बचाएर त्यसको लक्षणबाट पनि बचाउँछ । सामान्य चिसोमा पनि भिटामिन सीको प्रयोग गरेर शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

३. तनाव

भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र होइन तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बच्न सहयोग गर्छ ।

४. जोर्नीको दुखाई

जोर्नीमा कोलेजन र कार्टिलेज क्षतिग्रस्त हुँदा, उमेर बढ्दा या कुनै संक्रमणका कारण जोर्नी दुख्ने समस्या आउँछ । भिटामिन सीले जोर्नीका लागि कोलेजन नामक प्रोटीनको निर्माण गर्छ, जसले जोर्नीको दुखाईमा राहत दिन्छ ।

५. क्यान्सर

भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसले रोग प्रतिरोधक क्षमता बढाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ ।

६. हृदयरोग

भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायक हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ र धमनी क्षतिग्रस्त हुनबाट बचाउँछ । रक्तकोशिकामा कोलेस्टेरोल जम्नबाट बचाँउछ, जसबाट हृदयाघात र ब्रेनस्ट्रोक हुने खतरा कम हुन्छ । यसले कोशिकाहरुमा रक्तप्रवाहलाई सामान्य बनाउँछ ।

७. दम

भिटामिन सीले शरीरमा दमका लागि जिम्मेवार मानिएको हिस्टामाइनको उत्पादनलाई कम गर्छ । जसबाट दम या श्वाससम्बन्धी समस्याको सम्भावनालाई कम गर्छ । भिटामिन सीको एन्टीअक्सिडेन्ट तत्वले फोक्सोको सफाई गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय