रविको ठाउँमा आरोपित अरु नै भैदिएको भए, सायद यसरी नै प्रस्तुत हुन्थेहोला उनी (भिडियो)

ehulaki
ई-हुलाकी | साउन ३२, २०७६ शनिबार | 0

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि भन्दै पक्राउ परेका पत्रकार रबि लामिछानेले सिधाकुरा जनतासँग कार्यक्रमको एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अष्टमी गुरुङ, जसले आफूलाई सुपरभाइजरले बलात्कार गरेकै कारण आत्महत्या गर्न बाध्य भएको भन्दै सुसाइट भिडियो तयार पारेकी थिइन् । चर्चित कार्यक्रमले यसबारे रिपोर्ट पनि बजाएको थियो । कार्यक्रममै सुसाइट होइन हत्या हो भन्ने नै ठोकुवा गरिएको थियो । यद्यपि आरोपीले सफाइ पाएका थिए । 

उनले उक्त भिडियोमा भनेका छन ‘गत कार्यक्रममा हामीले एउटा हृदय विदारक भिडियो प्रसारण गर्याैं । नेपाली चेली आबुधाबीमा उनले आत्महत्या गरेको खबर परिवारले पायो । उनको शव नेपाल ल्याइयो र दाहसंस्कार गरिसकिएको केही दिनमा भेटिएको उनको मोबाइलमा रेकर्ड भएको भिडियो हामीले प्रसारण ग¥यौं । आत्महत्या भनी विश्वास गरेर बसेका परिवारजनका लागि यो भिडियो लगभग देवदूत बनेर आएको छ । आफ्नो सुपरभाईजरले बलात्कार गरेको खुलाशा उनले रुँदै त्यो भिडियोमा गरेकी छिन । जसले के प्रष्ट पार्छ भने उनले आत्महत्या गरेकी हाेईनन । र यदि आत्महत्यानै गरेकी हुन भनेपनि त्यो आत्महत्या गर्न विवश पारिएको थियो । अर्थात त्यो एउटा हत्या थियो ।'

भिडियाे

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय