हाम्रो भाइलाई रविकै समुहले मर्न बाध्य पारेको हो: शालिकरामका दाजु दीपक पुडासैनी

ehulaki
ई-हुलाकी | भदौ १, २०७६ आइतबार | 0

काठमाडौं ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका विषयमा नयाँ नयाँ तथ्यहरु खुलासा हुँदै गएका छन् । मृतक पत्रकार पुडासैनीका दाई तथा नवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ का सदस्य दीपक पुडासैनीले आत्महत्यामा पत्रकार रवि लामिछानेले दूरुत्साहन गरेको दावी गरेका छन् । रविसहित अन्य दुईले एक नर्ससँग सम्बन्ध जोड्न खोजेको पनि उनले बताएका छन् ।

आत्महत्या प्रकरणमा दीपक पुडासैनीले  यस्तो धारणा राखे :  

 ‘मसहित पाँच जना र प्रहरीका एसपी एवं अनुसन्धानमा रहनु भएका व्यक्तिहरु मिलेर हामीले शालिकरामको सुसाइड भिडियो हेरेका छौं । सुसाइड भिडियोमा शालिकरामले रवि लामिछानेसहितले आफूलाई मर्न बाध्य पारेको भन्ने कुरा बताएका छन् । यो विषयमा अब हामीले किटानी जाहेरी दिन खोजका थियौं ।

 तर चितवनका प्रहरी प्रमुखले अहिले हतार गर्न पर्दैन, अनुसन्धानले कसैलाई कारबाही गर्नुपर्ने वा अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नु पर्ने भयो भने पछि किटानी जाहेरी दिए पनि हुन्छ भन्नु भयो । उहाँहरुले नेपालको नयाँ कानुन अनुसार कसैले कसैलाई मर्नका लागि विवस बनाउँछ, आत्महत्या गर्न दूरुत्साहन गर्छ भने ५ वर्ष जेल र ५० हजार जरिवानासम्म हुन्छ ।

 रवि लामिछाने र उहाँको टिमले हाम्रो भाईलाई पनि त्यस्तै समस्यामा पारेर स्थिति किराल बनाएर मर्न बाध्य पारेको भन्ने हाम्रो दावी हो । 

हामीले खबरदारी गर्न पनि आवश्यक भएका केही निकायमा गएका हौं । रवि लामिछाने आर्यघाटमा आउनु भएको थियो । उहाँले केही बोल्नु भएन । उहाँ हतास मनस्थितिमा हुनुहुन्थ्यो । विभिन्न मिडियाका पत्रकारहरु पनि आउनु भएको थियो । उहाँहरुले पीडितको आफ्नै भाईसँग अन्तर्वार्ता लिँदा भरतपुरमा गएर केही नबोल्ने ?अनि अहिले आर्यघाटमा मिडियाबाजी गर्ने ? भन्दै हामीले उहाँहरुलाई धपाएको पनि हो ।

रवि लामिछाने पनि भाग्नु भयो । रवि लामिछानेलाई हामीले आरोप लगाउनु अघि नै फेसबुकमा लाइभ गरेर स्पष्टिकरण दिनु भएछ । हामीले सोध्नु अघि नै जवाफ दिनु पर्ने कारण पनि अनौठो छ ।

यो घटनामा दुई पत्रकार र एक महिलाको नाम जोडिएको छ । ती महिलालाई शालिककै साथीहरुले जोडिदिएका रहेछन् । ती महिला पनि दोषी हुन् । हाम्रो भाइलाई मर्न बाध्य पारिएको हो । कारबाही हुनुपर्छ ।’ (नेपाल आज)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय