६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरे

ehulaki
ई-हुलाकी | भदौ २, २०७६ सोमबार | 0

काठमाडौं ।  नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम ९नाम परिवर्तन ०  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान  थालिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय