पूर्वयुवराज पारस शाहले दिए यस्ताे प्रतिकृया

ehulaki
ई-हुलाकी | भदौ २, २०७६ सोमबार | 0

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको भनिएको हातपात बारे पूर्वयुवराज पारस शाहले मुख खोलेका छन । विमानस्थलको भीआईपी कक्षमा पारसले आफ्ना छोरा र भान्जाको अपमान गरेको भन्दै सई ईश्वर खत्रीलाई उनले धकेलेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

भिडियो बाहिरिएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन समेत दिएको छ । दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् ।सामाजिक सञ्जालमा पारसको पछिल्लो विवाद बारे बहस भैरहेको छ । 

उनले फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’ उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’

उनको स्ट्याटसमा करिश्मा मानन्धरले कमेन्ट गर्दै सरकार तपाइले ठिक गर्नु भयो अरु कसैले यसरी आफ्नो परिवारको लागि गर्दैन हामी तपाइको साथमा छौ भनेकी छिन ।

यो पनी पढ्नुहोस्

विमानस्थलमा प्रहरीले अपमान गरे कि पारस शाहले ?

विमानस्थलमा प्रहरीलाई यसरी धकेलेका थिए पूर्वयुवराज पारसले

पारसले प्रहरीलाई हातपात गरेको घटनाबारे छानबिन हुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय