यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

ehulaki
ई-हुलाकी | भदौ ३, २०७६ मंगलबार | 0

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। 

आज मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँले घटेको सुन सोमबार र मंगलबार भने स्थिर रहेको हो। 

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय