गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

ehulaki
ई-हुलाकी | भदौ ४, २०७६ बुधबार | 0

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

आज बुधबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय