शालिकराम प्रकरणः अस्मिता कार्कीलाई किन जान्थ्यो न्युज २४ को ल्यान्डलाइनबाट पटकपटक फोन ?

ehulaki
ई-हुलाकी | भदौ ५, २०७६ बिहिबार | 0

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा फेरी नयाँ कुरा बाहिर आएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु र अघिको भिडियो प्रकरणमा मुछिएपछि हिरासतमा छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको बताइएको छ।

अनुसन्धानको क्रममा रुकु भनिने अस्मिता कार्कीको मोबाइलमा सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को ल्यान्डलाइन नम्बरबाट पटकपटक सम्पर्क भएको देखिएको स्रोतले बताएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क भएको बताइएको हो ।  बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको बताएको छ। 

पत्रकार शालिकराम पुडासैनीले सिधाकुरा जनतासँग छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटकपटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरूले अर्थपूर्ण रुपमा लिएका छन्। रवि लामिछानेको मोबाइलबाट भने सिधै अस्मितालाई सम्पर्क नगरिएको खुल्न आएको बताइन्छ।

रविले बयानमा आफूले यस घटनाको सम्बन्धमा कसैसँग सम्पर्क नगरेको भनिरहेका बेला प्रहरीको अनुसन्धानबाट अस्मिता कार्कीको मोबाइलमा सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को ल्यान्डलाइन नम्बरबाट पटकपटक सम्पर्क भएको देखिनुले घटना झन रहस्यमयी बनेको छ । 

भिडियोमा पुडासैनीले कार्यक्रम सिधा कुरा जनतासँगको निर्माता दीपक बोहोराको यसमा कुनै दोष नभएको उल्लेख गरेका छन् जसका कारण अस्मितासँगको सम्पर्क कँडेलले गरेको हुनसक्ने पनि कतिपयले अनुमान गर्ने गरेका छन । यद्यपी कँडेलले फेसबुकमार्फत अस्मितालाई नचिनेको यस अघि बताएका छन्। जुन ई हुलाकीले यस अघि प्रकाशित गरिसकेको छ । 

र यी पनि पढ्नुहाेस

पर्सनल एसएमएस सार्वजनिक गर्ने  दीपक र ज्वालालाई कार्वाही गर्न अस्मिताको माग

 

पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना पुडासैनीको अवस्था यस्तो (भिडियो)

 

रविको ठाउँमा आरोपित अरु नै भैदिएको भए, सायद यसरी नै प्रस्तुत हुन्थेहोला उनी (भिडियो)

 

सिधा कुराको नारा लगाएर बांगो नियत राख्नेहरूको शिकार बनेकै हुन् त शालिकराम ?

 

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट !

 

पुडासैनीको मोबाइलमा रहेका अडियो–भिडियोको ल्याब परीक्षण, यस्तो आयो रिपोर्ट

 

रवि लामिछानेले केटी प्रयोग गरेपछि पुडासैनी आत्महत्या गर्न वाध्य भएको खुलासा

 

शालिकरामको भिडियो बाहिरिएपछि रवी लामिछानेले यस्तो लेखे !

 

'सिधाकुरा जनतासँग'को आडमा तस्करसँग करोडौँ असुल्छन् रवि लामिछाने (भिडियो प्रमाणसहित)

 

रवी लामिछानेलाई प्रकाउ गर्न प्रहरी तयार !

 

आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

 

मृत्युकालिन घोषणा असत्य हुँदैन यो फौजदारी कानुनको विश्वव्यापी मान्यता हो- अधिवक्ता नेपाल (भिडियो)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय