जापानबाट अस्मिताका गोप्य स्क्रिनसट सार्वजनिक गर्ने यी युवती, अहिले डिलिट किन ?

ehulaki
ई-हुलाकी | भदौ ५, २०७६ बिहिबार | 0

काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको गत साउन २० मा चितवनमा रहस्यमय मृत्यु भएपछि दोषीमाथि कारबाही हुनुपर्ने माग चौतर्फी उठ्यो ।

शालिकरामको मृत्युको समाचार बाहिरिएपछि उनले आत्महत्या गरेका होलान् भन्ने धेरैले पत्याएनन् । परिवारले समेत सुरुमा हत्याकै आशङ्का गरेको थियो । दोषीमाथि कडा भन्दा कडा सजाय हुनुपर्ने माग रवि लामिछानेका समर्थकलेनै बढी गरेका थिए।

उनको आत्महत्या नभई हत्यानै भएको अनुमान धेरैले गरिरहँदा जापानमा बस्ने रविकी समर्थक एक युवती ज्वाला संग्रौलाले भने आत्महत्या नै हो भन्ने आशयको स्टाटस लेखेकि थिइन्। उनले लेखेको स्टाटसमा भनिएको छ, ''आत्महत्या हो भने त्यो अवस्थामा पुर्याउने व्यक्ति को हो त्यस उपर कारबाही चलाइयोस् ।" उनको स्टाटसको आशय क्लियर छ, शालिकरामले आत्महत्या गरेका हुन र उनलाई आत्महत्या गर्न बाध्य बनाइएको हो । हेर्नुहोस् उनले के लेखेकी थिइन् ।

शालिकरामको हत्या हो की आत्महत्या ? भन्नेबारे धेरैले आफ्नै विश्लेषण गरिरहेका थिए । जब, घटनास्थलमा आत्महत्या अघि शालिकरामले रेकेर्ड गरेको भिडियो भेटियो उनले आत्महत्यानै गरेको भन्दै परिवार शव उठाउन तयार भयो ।

उक्त भिडियोमा शालिकरामले रवि लामिछानेलाई जोडेर बोलेका छन् भन्ने कुरा केही अनलाइनमा आएपनि भिडियोमा के बोलेका छन् भन्नेबारे खुलस्त रुपमा सार्वजनिक भएको थिएन । मोबाइलमा भेटिएको उक्त भिडियो प्रहरीले फेला पारेको १० दिन भइसक्दा समेत कुनै कारबाही अगाडि बढेन !

भिडियोमा शालिकरामले के बोलेका छन् भन्ने धेरैको उत्सुकता तब मेटियो जब जनआस्था साप्ताहिकले 'मर्दामर्दै शालिकरामले भनेका रहेछन्, रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ' भन्ने शीर्षकमा समाचार लेख्यो । त्यसैदिन नेपाल आजको युट्युबमा उक्त भिडियो अपलोड भएपछि मर्नुअघि रेकर्ड गराएको भिडियो सर्वसाधारण सबैको हातमा पुग्यो ।

उक्त भिडियोमा शालिकरामले आफ्नो मृत्युको कारक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेको बताएका छन् । भिडियो हेरेपछि सामाजिक सञ्जालमा रविप्रति धेरैले आक्रोश पोखे र उनलाई तत्काल पक्राउ गरि छानबिन गरिनुपर्ने माग चौतर्फी उठ्यो । उक्त प्रकरणमा रविको नाम जोडिएपछि मौन रहेकी ज्वालाले भिडियो सार्वजनिक भएको केहि समयमै सबैभन्दा पहिला फेसबुकमा केही स्क्रिनसट सहित स्टाटस लेखिन । उक्त स्टाटसमा शालिकरामले अस्मिता सँग गरेका गोप्य संवाद भनेर राखिएको थियो ।

आँखिर ज्वालाले कहाँबाट पाइन ति गोप्य स्क्रिनसट ? अस्मिताको चरित्रहत्या गर्न र घटनालाई बिषयान्तरण गर्ने उदेश्यका ति स्क्रिनसट के रवि लामिछानेले नै ज्वालामार्फत सार्वजनिक गरेका हुन सक्छन ? किनभने शालिकरामको मलामि गएर आएपछि फेसबुक लाइभ आएका रविले आफुमाथि लागेको आरोपबारे स्षष्टिकरण दिँदा केही गोप्य म्यासेज सुरक्षित रहेको बताएका थिए । समय आएपछि सार्वजनिक गर्ने चेतावनि उनले दिएका थिए ।

अस्मिताले एक अनलाइनसँग भनेका कुरामा रविको बचाउमा आफ्ना गोप्य म्यासेज सार्वजनिक गर्नेमा ज्वाला पहिलो नम्बरमा छिन् भने अर्का व्यक्ति दिपक बोहोरा हुन ।

आफ्नो चरित्र हत्या गर्ने उदेश्यले म्यासेज सार्वजनिक गरेपछि अस्मिताले ज्वाला र दिपक विरुद्ध मुद्धा हाल्ने बताएकि छन् । सामाजिक सञ्जालमा उक्त स्क्रिनसट बाहिरिएपछि भाइरल बनेका थिए । भाइरल बनेपछि ज्वाला डराइन कि उनीमाथि दबाब बढ्यो ? फेसबुकबाट स्टाटसहरु उनले डिलिट गरेकि छन् ।

उनका स्क्रिनसटबारे इटहरिका पत्रकार विराट अनुपमले टिप्पणी गर्दै यस्तो लेखेका थिए ।

जापानमा बस्दै आएकी ज्वाला रवि विरुद्ध बोल्ने जो कोहिलाई कडा प्रहार गर्छिन् । रवि समुहको आन्दोलनको जग पनि यस्तै स्टाटस बनेका छन् ! जस्तो कि फेरि फेसबुकमा ज्वालाले यस्तो लेखेकी छन् । यदि भिडियो २३ मिनेटको भए प्रमाण सहित सार्वजनिक गर्ने कि हल्ला फैलाउँने ? हेनुस् उनको स्टाटसलाई करिब ४ हजारले सेयर गरेका छन् ।

यो पनी पढ्नुहोस्

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट !

पर्सनल एसएमएस सार्वजनिक गर्ने  दीपक र ज्वालालाई कार्वाही गर्न अस्मिताको माग

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय